पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सुवेदीको उम्मेदवारी
२३ चैत, काठमाडौं ।
नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा रामेछाप निवासी सुर्य सुवेदीले उम्मेदवारी दिएका छन् । हाल काठमाडौं शाखाको उपाध्यक्ष समेत रहेको रामेछाप मन्थली नगरपालिका निवासी सुवेदीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उनले पत्रकारहरुको हक हितको पक्षमा विगतदेखि नै लडदै आएको बताउदै आगामी दिनमा पनि पत्रकारको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने,‘कलमजीविको पक्षमा लडछु, श्रमजीविको पक्षमा दृढतापूर्वक लाग्छु ।
काठमाडौं शाखा देशभरकै सबै भन्दा बढी पत्रकारहरुको संख्या रहेको शाखाको पर्छ । हाल काठमाडौं शाखामा १४ सय ७९ जना पत्रकारहरु रहेका छन् ।