भोली सुनापति गाउँपालिकामा मन्त्री टाेपबहादुर रायमाझी र कैलाश ढुंगेल आउने



२५ चैत, रामेछाप ।
सुनापति गाउँपालिकामा भोली दुई जना मन्त्री आउने भएका छन् । संघीय सरकारका उर्जा मन्त्री टोप बहादुर रायमाझी र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवी आउने भएका हुन् ।

oznorMB

नेकपा एमाले सुनापति गाउँपालिकाको पार्टी कार्यालय उदघाटन एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्रीद्धय रायमाझी र ढुंगेल आउने कार्यक्रम रहेको छ । एमाले सुनापति गाउँपालिकाका सचिव राज मैनालीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार पाँच वटै वडाबाट कार्यकर्ता सहभागी हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्