यस्तो देखियो सुनापति गाउँपालिकामा एमालेको सभा (फोटोफिचर)



२६ चैत, रामेछाप ।
नेकपा एमाले सुनापति गाउँ कमिटीको पार्टी कार्यालय उदघाटन भएको छ । उर्जामन्त्री टोप बहादुर रायमाझी र एमालेका नेता एवं बागमती प्रदेशका आथिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संयुक्त रुपमा पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

पार्टी कार्यालय उदघाटन एवं सभामा उर्जा मन्त्री रायमाझी, आर्थिक मामिला मन्त्री ढुंगेल, एमालेका केन्द्रीय सदस्य कमल चौलागाई, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष एवं एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल लगायतका नेताहरुको सहभागीता रहेको छ ।
पार्टी कार्यालय उदघाटन एवं सभालाई सम्बोधन गर्न उर्जा मन्त्री रायमाझी भने हेलिकोप्टरबाट हिलेदेवी आएका हुन् । अहिले गाउँपालिकाको केन्द्र हिलेदेवीमा एमालेको सभा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्