नेपालकै पहिलो महिला रेस्लर खेलाडी रामेछापकी चेली खड्का प्रबल जनसेवाश्रीबाट सम्मानित



२७ चैत, काठमाडौं ।
नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का प्रबल जनसेवाश्री चतुर्थ पदबाट सम्मानित भएकी छिन् । रामेछाप मन्थली नगरपालिका–१ निवासी खडका सरकारबाट प्रदान गरिने प्रबल जनसेवाश्री चतुर्थबाट सम्मानित भएकी हुन् ।

oznorMB

नेपाल महिला रेस्लिङ फाउण्डेसनको संस्थापक अध्यक्ष समेत रहेकी खडका शुक्रवार आयोजित एक समारोहकोबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी हुन् ।

गाउँगाउँमा सम्भावना भएर पनि अवसरबाट बञ्चित महिला  खेलाडीको खोजी गर्नुको साथै ग्रामिण क्षेत्रबाट खोजी गरेर महिला रेस्लर खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यको उच्च मुल्याङकन गर्दै सरकारले खडकालाई उक्त पदकबाट सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्