चार बर्षपछि रामेछापको दोरम्बा गाउँपालिकाको नाम फेरियो



२७ चैत, काठमाडौं ।
चार बर्षपछि रामेछापको दोरम्बा गाउँपालिकाको नाम परिवर्तन भएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाको बैठकले गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय अनुसार शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकाको नाम परिवर्तन गर्न स्वकृति दिने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै अब दोरम्बा गाउँपालिकाका नाम ‘सैलुङ दोरम्बा गाउँपालिका’ रहने भएको छ । रामेछाप र दोलखाको सीमाना रहेको पर्यटकीय क्षेत्र सैलुङसँग जोडेर दोरम्बा गाउँपालिकाले नाम परिवर्तन गर्नको लागि संघीय सरकारसँग माग गरेको थियो ।

नाम परिवर्तन गर्न मन्त्रीपरिषद्को निर्णयप्रति दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले खुसी व्यक्त गरेका छन् । उनले दोरम्बा गाउँपालिकाको नाम थपेर दोरम्बा सैलुङ राख्ने कार्यमा लाग्ने गाउँ कार्यपालिका सदस्यहरु र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष मोक्तानले भने,‘सामान्य प्रशासन मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई विशेष धन्यवाद दिन चाहन्छु ।’ राजनीीतक घटनाक्रमले यता उता भएपनि तपाई (कैलाश ढुंगेल)को भूमिकाप्रति सिंगो गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछु, उनले भने ।

प्रतिक्रिया दिनुहोस्