माधव नेपालसहित ३२ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय (नामावलीसहित)



७ वैशाख, काठमाडौं ।
नेकपा एमालेले पार्टी नीति विपरति गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । पार्टीले नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको निर्णय गरेको हो ।

एमालेका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ । पत्रमा तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआए कारवाही गरिने व्यहोरा उल्लेख गरिएको छ । पार्टीले उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ । पत्रमा भनिएको छ, छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?

यी हुन् स्पष्टिकरण सोधिएका नेताहरुमा :
१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री

प्रदेश सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

प्रतिक्रिया दिनुहोस्