एमाले नेपाल समुह रामेछापले बोलायो जिल्ला कमिटीको बैठक, १२४ सदस्यीय कमिटी घोषणा हुँदै



८ वैशाक, रामेछाप ।
नेकपा एमाले नेपाल समुह रामेछापले भोलीको लागि जिल्ला कमिटीको बैठक बोलाएको छ । केपी शर्मा ओली नेतृत्वको एमाले रामेछापले वैशाक १३ गतेको लागि बैठक बोलाउने निर्णय गरेसँगै नेपाल समुहले चार दिन अघि नै जिल्ला कमिटीको बैठक राखेको हो ।

नेकपा एमाले नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले बैठकमा सहभागी हुन सबैलाई एसएमएस र टेलिफोनबाट खबर गरिएको बताए । उनले भने–पार्टीको आधिकारिक अध्यक्ष म हुँ, पार्टीलाई विधिमा चलाउने अभियान सञ्चालन गछौं ।’उनका अनुसार जिल्ला कमिटीको बैठकलाई बागमती प्रदेशका इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेको ७२ सदस्यीय जिल्ला कमिटीका हाल ६९ सदस्यीय कमिटी रहेको छ ।

नेपाल समुहले हालको जिल्ला कमिटीमा वीस प्रतिशत सदस्य थपेर १२४ जनासम्म विस्तार गर्ने तयारी थालेको छ । बैठकमा जिल्ला कमिटीका सदस्य, नगर कमिटी एवं गाउँ कमिटीका अध्यक्ष एंव सचिव, वडा कमिटीका अध्यक्ष सहितलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्