एमाले नेपाल समुह रामेछापले बनायो २५१ सदस्यीय जिल्ला कमिटी



९ वैशाख, रामेछाप ।
नेकपा एमाले नेपाल समुह रामेछापले जिल्ला कमिटीलाई पुर्नगठन गरेको छ । आज बसेको जिल्ला कमिटीको विस्तारित बैठकले साविक ७२ सदस्यीय जिल्ला कमिटीमा १७९ जना नयाँ सदस्य थप गरेर २५१ सदस्यीय जिल्ला कमिटी बनाएको हो ।

नयाँ चयन भएका जिल्ला कमिटीका सदस्यहरुलाई बागमती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ खुवाएकी छिन् । साविकमा जिल्ला कमिटीमा रहेका ६९ जना मध्ये करिब ३२ जना आजको जिल्ला कमिटीको बैठकमा सहभागी भएको दावी नेपाल पक्षले गरेको छ ।

नेकपा एमाले नेपाल समुह रामेछापका सचिव ज्ञान कुमार श्रेष्ठले बैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुलाई खबर गरिएको भएपनि साविकका ३२ जना मात्र सहभागी भएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्