रामेछापमा नेपाल समुहले बनायो सात जनाको पदाधिकारी टिम (नामावलीसहित)



९ वैशाख, रामेछाप ।
नेकपा एमाले नेपाल समुह रामेछापले जिल्ला कमिटीलाई पुर्नगठनसँगै पदाधिकारीमा समेत हेरफेर गरेको छ । जिल्ला अध्यक्ष शान्ति पौडेललाई निरन्तरता दिदै उपाध्यक्ष सचिव र सह–सहसचिव थप गरेर सात सदस्यीय पदाधिकारी बनाएको छ । बागमती प्रदेश कमिटीको बैठकबाट अध्यक्षमा पौडेल र सचिवमा ज्ञान कुमार श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको थियो । त्यसैगरी विहिवार बसेको जिल्ला कमिटीको बैठकले पाँच सदस्यीय पदाधिकारीलाई थप्ने निर्णय गरेको हो ।

अध्यक्षमा पौडेल उपाध्यक्षमा लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल, उपाध्यक्षमा कुमार कंडेल, सचिवमा ज्ञान कुमार श्रेष्ठ र उप–सचिवमा होतराज ढकाल, दुर्गा बहादुर श्रेष्ठ र लालसिंह तामाङ चयन भएका छन् ।
सचिव ज्ञान कुमार श्रेष्ठले पार्टीले समानान्तर कमिटी गठन नगरेको बताउदै पार्टी सञ्चालन गर्न सहज होस भनेर नयाँ पदाधिकारीलाई चयन गरेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्