रामेछापमा सुदृढ एमाले बनाएर लैजान्छुः इन्चार्ज ढुंगेल



१० वैशाख, काठमाडौं ।
नेकपा एमाले रामेछापका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापमा सुदृढ एमाले बनाउने बताएका छन् । उनले पार्टीको नीति र सिद्धान्त अनुसार पार्टी चलाउने बताउदै बाटो विराउनेहरुलाई पुरानै घरमा फर्किन पनि आग्रह गरे । पार्टी एकतालाई कायम राख्दै रामेछापमा बलियो एमाले बनाउने बताउदै इन्चार्ज ढुंगेलले रामेछाप न्युजसँग भने,‘सुदृढ एमाले बनाउन भूमिका खेल्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिन्छ, अब पार्टीभित्र कुण्ठा आग्रह र इष्या पाल्न पाइदैन ।’

रामेछाप तीनलालको जिल्ला भएकाले पनि पार्टीलाई बलियो बनाएर देशभर सन्देश दिनुपर्ने बताउदै उनले नेपाली जनताको भरोसाको एक मात्र पार्टी एमाले भएको बताए । हरेक पार्टीका नेता कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तलाई चोखो मनको साथ लिएर हिडनु पर्नेमा जोड दिदै इन्चार्ज ढुंगेलले यो देशको नेतृत्व अझै एमालेले नै गर्ने बताए ।

‘आवेषमा आएर अलि परपर जाने होइन, असन्तुष्ट बोकेका साथीहरु कुलडाउन हुनुपर्छ’, उनले भने,‘सबै मिलेर नै एमालेलाई बलियो बनाएर लैजान सकिन्छ ।’ पार्टीको हित चाहन नेता कार्यकर्ताले पार्टीको अनुशासन उल्लघन गर्ने र जनताको हित विपरीत काम नगर्ने बताउदै इन्चार्ज ढुंगेलले कोही पनि नेता कार्यकर्ता पार्टीले अगाडि सारेको नीति विपरीत चल्न नहुने बताए । उनले पार्टी बगिरहने नदीजस्तै भएकाले कसैले चाहदैनमा नदी बग्नबाट नरोकिने बताए ।

प्रतिक्रिया दिनुहोस्