सुनापती गाउँपालिकामा वासियलको मार्चपास (फोटोफिचर)
१० वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकामा योङ कम्युनिष्ट लिक (वाइसियल)ले पार्टी ब्यूँतिएपछि पहिलो पटक मार्चपास गरेको छ । वाइसियका युवाहरुले गाउँपालिकाको केन्द्र हिलेदेवीमा मार्चपास गरेका हुन् ।
वाइसियलको सुनापति गाउँपालिका स्तरीय प्रथम भेला अघि गाउँपालिकामा युवाहरुले मार्चपास सहित शक्ति प्रदर्शन गरेका थिए ।
भेलालाई माओवादी केन्द्रका नेता हितमान तामाङ, माओवादी केन्द्र रामेछापका सह–इन्चार्ज एवं रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठ, संविधानसभाका सदस्य डिल्लीमान तामाङ, नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।