दि भ्वाइस अफ नेपालमा रामेछापकी चेली ब्याटल राउण्ड पार गर्न सफल



१० वैशाख, काठमाडौं ।
नेपालको चर्चित रियालिटी सो दि भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जनले आजबाट सुरु भएको ब्याट राउण्ड पार गर्न सफल भएकी छिन् । कोच दिप श्रेष्ठकाे  मन  जित्दै उनी ब्याट राउण्ड पार गर्न सफल  भएकी  हुन।

रामेछाप दोरम्बा गाउँपालिका–५ गुन्सालस्थित धारापानी निवासी योञ्जन सानैबाट गीत संगीतमा रुची राख्दै आएकी थिइन । दि भ्वाइस अफ नेपालको सिजन सिजन ३ मा योञ्जन छनोट भएकी उनले आज ब्याटल राउण्ड पार गरेपछि आफू निकै खुसी भएको  रामेछाप  न्युजलाइ बताइन ।

हिमालय टिभीमा प्रशारण भएको भ्वाइस अफ नेपाल–३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाटउनले मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा आवद्ध भएकी थिइन ।

योञ्जनले ब्याटल राउण्डमा आफ्ना प्रतिस्पर्धी विवेक रुचाललाई पछि पार्दै कोचको मन जित्न सफल भएकी हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्