कोरोना बढन थालेपछि रामेछापमा मास्कको खोजी, प्रजिअ र डिएसपी नै सडकमा (फोटोफिचर)



१० वैशाख, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिएको छ । दैनिक रुपमा नेपालमा कोरोना संक्रमितको संख्या बढदै जान थालेपछि रामेछाप जिल्लामा पनि मास्कको खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बञ्चनको लागि बारम्बार स्वाथ्य मापदण्ड अपनाउन आग्रह गरेपनि जिल्लावासीले अटेर गर्ने क्रम बढेपछि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रशासनले अभियान अगाडि बढाएको छ ।

शुक्रवार सदरमुकाम मन्थलीमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बजारवासीलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गर्दै बजारमा मास्क नलगाइ हिडने नागरिकहरुलाई मास्क वितरण गरेका थिए । मास्क नलगाई हिंडे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रजिअ सैजूले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले कोरोनाबाट बञ्चन मास्कको प्रयोग गर्नुको विकल्प नभएको बताए । उनले भने,‘सबैले मास्कको प्रयोग गरेर कोरोना नियन्त्रणमा सहयोग गर्नुपर्छ, स्वास्थ्य मापदण्ड सबैले पालना गरौ ।’

प्रतिक्रिया दिनुहोस्