धरहरा ढल्दा पनि बाँच्न सफल रामेछापकी श्रेष्ठलाई प्रधानमन्त्री ओलीद्धारा सम्मान



११ वैशाख, काठमाडौं ।
छ बर्ष अघि गएको विनाशकारी भुकम्पले धरहरा ढल्दा पनि बाँच्न सफल भएकी रामेछापकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो ।

२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्