सुनापति गाउँपालिकाद्धारा भाेलीदेखि विद्यालय बन्द गर्ने निर्णय (विज्ञप्तीसहित)
१४ वैशाख, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीब्र रुपमा फैलिएपछि सुनापति गाउँपालिकाले सबै विद्यालय अनिश्चिकालको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट विद्यार्थीहरु उच्च जोखिममा पर्ने भएको सम्भावित अवस्थालाई मध्यनगर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले शिक्षा समितिको निर्णय अनुसार गाउँपालिकाभित्रका सबै विद्यालय भोलीबाट लागू हुने गरी बन्द गर्ने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अर्को सूचना जारी नहुँदासम्मको लागि विद्यालयमा हुने पठनपाठन सबै बन्द गरिएको छ । सुनापति गाउँपालिकामा १२ वटा माविसहित ३३ वटा विद्यालय रहेका छन् ।