रामेछापमा एमालेका नेता कार्यकर्तालाई ‘होम आइसोलेसन’मा बस्न आग्रह



१६ वैशाख, रामेछाप ।
नेकपा एमालेले जिल्लाभरका नेता कार्यकर्ताहरुलाई १४ दिन होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । वैशाख १३ गते भएको जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका एमालेका नेता एवं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण भएपछि एमालेले यस्तो आग्रह गरेको हो । उक्त भेलामा झण्डै पाँच सय जनाको सहभागीता रहेको थियो ।

नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले भेलामा सहभागी हुने क्रममा नेता ढुंगेललाई कोरोना संक्रमण भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘भेलामा जिल्लाभरका नेता कार्यकर्ता सहभागी हुनुभएको थियो, १४ दिन होम आइसोलेसनमा बस्नु पर्ने आवश्यकता देखियो ।’

उनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा पिसिआर पनि परीक्षण गर्न पठाउन पनि नेता कार्यकर्तालाई आग्रह गरे । भौतिक दुरी कायम गर्दा पनि भेलामा सहभागी भएका ढुंगेललाई संक्रमण देखिएपछि सचेत हुन आवश्यक छ, सचिव कडेरियाले भने ।

प्रतिक्रिया दिनुहोस्