रामेछापमा अब मास्क नलगाउनेलाई पक्राउ गरिने



१६ वैशाख, रामेछाप ।
रामेछापमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरेर जरिवाना गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न मास्क प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने नियमलाई पालना नगर्नेलाई अब प्रहरीले पक्राउ नै गर्ने भएको हो । मास्क लगाउ भन्दै सदरमुकाम मन्थलीमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढंगानाको नेतृत्वमा जनचेतना अभियान नै सञ्चालन गरिएको छ ।

आज प्रहरीले बजार क्षेत्रमा अनिवार्य रुपमा मास्क लगाऔ, कोरोनाबाट बचौ भन्दै माइकिङ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढंगानाले मास्कको अनिवार्य प्रयोगको लागि जनचेतना पैmलाउन बजार क्षेत्रमा अभियान सम्पन्न भइसकेकाले अब मास्क नलगाउलाई कारवाही गरिने बताए ।

उनले भने,‘कोरोनाबाट बञ्चनको लागि हरेक नागरिक जिम्मेवार बन्नु पर्ने बेला आएको छ, कोरानालाई ख्यालख्याल नसम्झौ, सबैले आफ्नो कर्तव्य पनि पूरा गरौ ।’ प्रहरीले आज बजार क्षेत्रमा सर्वसाधारण तथा सवारी चालकलाई मास्क र पर्चा वितरण गरेको छ । मास्क नलगाई हिडनेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्