कोरोनाको उच्च जोखिममा मन्थली, आज मात्र थप १३ जना संक्रमित थपिए



१८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थली कोरोनाको उच्च जोखिममा परेको छ । बजार क्षेत्रमा हुने भिडभाड नरोकिदा मन्थली कोरोनाको जोखिममा परेको हो । आज मात्र मन्थलीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस अनुसार तामाकोसी अस्पतालका स्टाप नर्ससहित ९ जना र अन्य चार जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिृकत भुवन थापाले बताए । उनका अनुसार जिल्लामा संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि हाल तामाकोसी अस्पताल सिल गरिएको छ ।

दोस्रो लहरमा मात्र एक साताको अवधिमा रामेछापको गोकुलगंगा, रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा गरी ४१ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रवार मन्थलीबाट ३८ जनाको स्वाब पठाइएकोमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मन्थली बजार क्षेत्रमा संक्रमणको जोखिम बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्