लकडाउन थप कडा गरिन्छः प्रधानमन्त्री ओली



२० वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन जारी लकडाउन थप कडा गरिने बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘कोरोना नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको छ, संघ प्रदेश र स्थानीय तहबीच समन्वयमा काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्