रामेछापमा पिसिआर मेसिन राख्ने निर्णय गछौः मन्त्री ढुंगेल



२३ वैशाख, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र केही समयभित्र नै पिसिआर मेसिन स्थापना गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका उनले बागमती प्रदेशभित्र पिसिआर मेसिन नभएको जिल्लामा मेसिन खरिद गरेर सञ्चालन ल्याउने विषयमा छलफल भइरहेको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भने,‘रामेछाप जिल्लामा पनि पिसिआर मेसिन आवश्यक छ, संक्रमितको संख्या बढदै गएको रिपोर्ट आइरहेको छ, धेरै भन्दा धेरै स्वाब परीक्षण गरेर कोरोना नियन्त्रणको लागि सरकारले सबै सयन्त्रण प्रयोग गर्छ ।’

मन्त्री ढुंगेलले नुवाकोट धादिङ, रसुवा सिन्धुपाल्चोक लगायतको जिल्लामा पिसिआर मेसिन खरिद गर्नको लागि सामाजिक विकास मन्त्रालयले गृहकार्य गरिरहेको बताए । प्रदेश सरकार पिसिआर मेसिन नभएको जिल्लामा छिटो भन्दा छिटो मेसिन राखेर सम्भावित संक्रमितको परीक्षणलाई तिब्रता दिने नीतिमा छ, सरकारले अहिले मेसिन खरिदसँग आवश्यक जनशक्तिको विषयमा पनि छलफल गरिरहेको छ, केही दिनपछि निर्णयमा पुग्छौ, मन्त्री ढुंगेलले भने ।
रामेछाप जिल्लामा पिसिआर मेसिन नहुँदा जिल्लाभित्र संकलन गरिएको स्वाब परीक्षण गर्न धुलिखेल पठाउने गरिएको छ । स्वाब परीक्षणको रिपोर्ट तीन दिनपछि मात्र आउदा जिल्लामा थप समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्