मन्थलीपछि रामेछाप नगरपालिकामा बढदै कोरोना संक्रमित



२४ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाभित्र संक्रमण फैलिरहेको बेला रामेछाप नगरपालिकामा पनि संक्रमितको संख्या बढेको छ ।

रामेछाप नगरपालिकामा ७ जना र खाँडादेवी गाउँपालिकामा २ जना गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले दोस्रो लहर अन्तर्गत ८९ जना संक्रमित भएकोमा १२ जना निको भएर घर फर्किएको र बाँकीको होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बताए ।

आज थपिएका नौ जना सहित जिल्लामा अहिलेसम्म संक्रमितको हुनेको संख्या ३१३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्