रामेछापमा अहिलेसम्कै कडा नियम लागू (सूचनासहित)



२६ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउन पुनः एक साता थप गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जेठ ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा बसेको बैठकले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाभित्र अब पैदल यात्र गर्न समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जिप्रकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ–अन्यत्र जिल्लाबाट जिल्लभित्र पैदल प्रवेश गर्नेहरुले पनि वडा कार्यालयको सिफारिसमा मात्र जिल्ला प्रवेश गर्न पाउनेछ छन् ।

प्रतिक्रिया दिनुहोस्