सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली



२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ््नो नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु पर्ने कारण नभएको बताएका छन् । उनले संसदलाई सम्बोधन गर्दै सरकारले निकै राम्रो काम गरेकाले विश्वासको मत नदिनु पर्ने कारण नभएको बताएका हुन् ।

उनले आवश्यकता र औचित्यको आधारमा कार्यदल बनाएर संविधान संशोधन गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा अहिलेसम्म कुनै पनि सरकारले गर्न नसकेको काम आफ्नो नेतृत्वको सरकारले गरेको दावी गरे । केही समयमा विश्वाको मतमाथि संसदमा मतदान हँदैछ ।

प्रतिक्रिया दिनुहोस्