संसदले फैसला गरोस, म मार्ग प्रशस्त गर्न तयार छुः प्रधानमन्त्री ओली
२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले फैसला गरेपछि आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् । संसदमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिदै उनल संसदभित्रको प्रक्रिया आफूलाई स्वीकार रहेको बताउदै संसदको आदेश अनुसार आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका हुन् ।
‘संसदको आदेशसँगै मार्ग प्रशस्त भै हाल्छ’, प्रधानमन्त्री ओलीले भने । उनले चुनाव गर्दैमा लोकतन्त्र र संविधान खतरामा नपर्ने बताउदै संसद विघटन नगर्नको लागि आफूलाई मत दिन आग्रह गरे ।