अबको प्रधानमन्त्री पुनः ओली नै हुनः ठाकुर



२८ वैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् । संसदमा ओलीले विश्वासको मत गुमाएपछि मध्यरातमा विज्ञप्ती जारी गर्दै ठाकुरले वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी सहभागी नहुने बताएको हो । उनले सरकार निर्माण गर्ने,सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कुरा जसपा नेपालको उद्धेश्य विपरीत हो, उनले भनेका छन् ।

वैकल्पिक सरकार निर्माण कार्यमा लाग्नु देशमा अस्थिरता बढाउनु,मधेस आन्दोलनका एजेण्डा सम्बोधन अझै अनिश्चियतर्फ धेकेलिनु हो भन्ने ठाकुरको ठहर रहेको छ ।ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसी,थारु,दलित,मुस्लिम ,सिमान्तकृत लगायतका मुद्धाहरु फिर्ता गर्ने काम गरेको स्मरण गर्नुभएको छ ।

‘ मधेसी,थारु,दलित,मुस्लिम ,सिमान्तकृत लगायतका मुद्धा फिर्ता बन्दी रिहाइ,नागरिकता,संविधान संसोधन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका बिषयमा ’ ठाकुरको विज्ञप्तीमा भनिएको छ ‘जसपा नेपाल र केपी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीच वार्ता तथा तदअनुसारको कार्य प्रगति सकारात्मक रुपले अगाडी बढी रहेको तथ्य सर्वविधितै छ । त्यस कारण वर्तमान अवस्थामा जसपा सत्ता प्राप्ती भन्दा राजनीतिक एजेण्डा स्थापना गर्ने कार्यमा लाग्दछ ।’

प्रतिक्रिया दिनुहोस्