रामेछापमा पिसिआर परीक्षणको रिपोर्ट आउन पाँच दिन कुर्नुपर्ने बाँध्यता
२८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा समयमा नै पिसिआर परीक्षणकाे रिपोर्ट नआउदा संक्रमण फैलिन त्रास बढेको छ । रामेछाप जिल्लामा कोरोना संक्रमणको संख्या बढदै गएपछि पिसिआर परीक्षणको कामलाई तीब्रत दिएको छ ।
जिल्लाको विभिन्न स्थानीय तहबाट संकलन गरिएको तीन सय जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
उनका अनुसार दोरम्बा गाउँपालिका ८८ जना, रामेछाप नगरपालिकाका ४९ जना, मन्थली नगरपालिकाको ११६ जना, उमाकुण्ड गाउँपालिकाको ४८ जनाको रिपोर्ट आउन बाँकी छ । दोलखामा पठाइएको स्वाव परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि अहिले पुनः धुलिखेलमै पठाउने गरिएको बताउदै थापाले रिपोर्ट आउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको बताए ।