रामेछापमा कोरोना संक्रमितको नयाँ रेकर्ड, अवस्था जटिल बन्दै



२८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भएका छन् ।  एकै दिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्थली नगरपालिकामा ५०, दोरम्बा गाउँपालिकाका ११ जना र रामेछाप नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज थपिएको संख्यासँगै कोरोनाको दोस्रो लहर अन्तर्गत जिल्लामा संक्रमितको संख्या १७९ जना पुगेको बताए । जिल्लाको सबै भन्दा बढी संक्रमित मन्थली नगरपालिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्