कोरोना संक्रमित रामेछाप नगरपालिकाका उपप्रमुख खडकालाई नगरवासीकै चिन्ता



२८ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन अघि परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्टमा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भएपछि हाल खड्का होम आइसोलेसनमा रहेकी छिन् । उनले नगरपालिकाको विभिन्न बैठक जिल्लाको डिसीसीएसीको बैठकमा सहभागी भएकाले आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न पनि आग्रह गरेका छिन् ।

उनले आफूलाई अहिले हल्ला शरीरमा दुखाई घाँटी र छातीमा समस्या भएको आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । खडकाले सम्पूर्ण नगरवासीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै संक्रमितहरुले मनोबल उच्च बनाएर कोरोनलाई जित्नु पर्ने बताएकी छिन् । केही दिन अघि मात्र उनले आफूले चढदै आएको गाडी कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजानको लागि एम्बुलेन्स बनाउने निर्णय गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्