अबकाे तीन साता नेपालको लागि अन्यन्तै कठिन छ, दुःख सहेर घरमै बसौः डा. पाण्डे



२८ वैशाख, काठमाडौं । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने भएकाले यसलाई नजर अन्दाज नगर्न आग्रह गरेका छन् । उनले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै तीन हप्ता रहने हुनाले अत्यन्तै सर्तक रहन आग्रह गरेका छ हुन् ।
डा. पाण्डेले ती हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न आग्रह गरेका छन् । उनले तीन हप्तापछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्