मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु



३१ वैशाख, रामेछाप ।
रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित आलमपुर निवासी माधव प्रसाद पकुवालको आज बिहान  २ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले रामेछाप न्युजलाई बताए ।

पकुवाललाई दुई दिन अघि श्वासप्रश्वासमा समस्या भएपछि मन्थली प्राथमिक स्वासथ्य केन्द्रमा अक्सिजन दिएर उपचार गरिएको थियो । कोरोना संक्रमणबाट रामेछापमै निधन भएको पहिलो घटना हो । यसअघि दोरम्बा गाउँपालिका ३ जना र खाँडादेवी गाउँपालिकाका १ जनाको कोरोना संक्रमणको कारण काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्