रामेछापमा आईसीयू र भेन्टिलेटर नहुँदा कोरोना संक्रमित पकुवालको ज्यान गयो



३१ वैशाख, रामेछाप ।
सुनापती गाउँपालिका–२ दिमीपोखरी स्थिति आलमपुरका कोरोना संक्रमित माधव प्रसाद पकुवालको जिल्लामा आईसीयू र भेन्टिलेटर नहुँदा मृत्यु भएको छ । कोरोना संक्रमित पकुवाललाई काठमाडौं लैजान काठमाडौंका विभिन्न अस्पतालमा आईसीयूको खोजी गर्दा पनि नपाएपछि सुनापति कोभिड अस्पतालका डा. जोक्पा लामाले थप उपचारको लागि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरेका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २९ गते राती ११ बजे मन्थली स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । अक्सिन दिदा पनि स्वास्थ्यमा सुधार नभएपछि परिवारले काठमाडौं लैजाने कोशिस गरेका थिए । तर परिवारको कोशिस काठमाडौंका अस्पतालमा पनि वेड नपाइने भएपछि सम्भव भएन । काठमाडाै लैजान काेशिस  गर्दागर्दै उनको आज बिहान तीन बजे निधन भएको थियो ।

जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपनि अहिलेसम्म जिल्लाका कुनै पनि अस्पतालमा आईसीयू र भेन्टिलेर छैन ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले जिल्लामा आईसीयू र भेन्टिलेर नभएको र काठमाडौंमा पनि पठाउने अवस्था नरहेकाले परिस्थिति जटिल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्