मन्थलीमा बारीमा ढुकेर बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ
३१ वैशाख, रामेछाप ।
बारीमा ढुकेर बालिका बलात्कार गरेको आरोपमा मन्थलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते दिउसो बालिका बारीमा आएको मौका छोपेर कोही पनि नभएको बेला बालिकाको मुख थुनेर जबरजस्ती करणी गर्ने मन्थली नगरपालिका–६ सिमपानीका ३१ बर्षिय मोहन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।
पीडित बालिकाले आफू बलत्कृत भएको परिवारमा जानकारी गराएपछि पीडित परिवारले प्रहरी समक्ष उजुरी गरेको थियो । उक्त उजुरीको आधारमा श्रेष्ठलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछापा न्युजलाई जानकारी दिए । पक्राउ गरेका श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।