रामेछाप अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु



१ जेठ, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ५३ बर्षिय एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले उपचारको क्रममा आज दिउसो एक जना कोरोना संक्रमितको मृत्यु भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार वैशाख २८ गते ती संक्रमितलाई अस्पताल भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्