मन्थली नगरपालिकामा फेरि बालिका बलत्कृत



२ जेठ, रामेछाप ।
बालिकालाई बलात्कार गरको आरोपमा मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । मन्थली नगरपालिका–१३ का सागर भन्ने २२ बर्षिय रामबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख २७ गते साँझ १४ बर्षिय बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको पीडित बालिकाले परिवारका सदस्यलाई बताएकी थिइन । त्यस लगत्तै पीडित परिवारलाई प्रहरीलाई उजुरी गरेको थियो । उक्त उजुरीको आधारमा प्रहरीले सुनुवार पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पक्राउ परेका सुनुवारलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार पीडित पक्षले सुनुवारले ज्यान मार्ने धम्की दिएर पटक–पटक बालिकामाथि बजरजस्ती करणी गरेको उजुरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्