रामेछाप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गछौः मन्त्री ढुंगेल



३ जेठ, काठमाडौं ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना गरिने बताएका छन् । उनले हाल अस्पतालमा पाँच वेडको एचडीयू वेड स्थापना भएको बताउदै आइसीयू र भेन्टिलेटर पनि राखिने बताएका हुन् ।

मन्त्री ढुंगेलले जिल्लाभित्र कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोत साधनको अभाव हुन नदिन आफू लागि रहेको बताउदै जिल्ला अस्पतालाई आवश्यक स्रोत साधन उपब्ध गराइने बताए । अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै सघन उपचार गराउने विषयमा प्रदेश सरकार लागि परेको छ, उनले भने ।

मन्त्री ढुंगेलले भने,‘पिसिआर मेसिन स्थापना गर्ने निर्णय भइसकेको छ, अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सरकारले अगाडि बढाएको छ, प्रादेशिक सबै अस्पतालमा आइसीयू र भेन्टिलेटर पनि व्यवस्था गछौं ।’ खरिद प्रक्रिया अलि झन्झटिलो भएकाले सरकारले विधि र प्रक्रिया पुर्याएर फास्ट ट्रयाकबाट छिटो भन्दा छिटो आवश्यक सेवा सुविधा उपलब्ध गराउने प्रक्रियामा रहेका छौ, उनले भने ।

रामेछाप अस्पतालमा आइसीयू र भेन्टिलेर नहुँदा केही दिन अघि मात्र दुई जना कोरोन संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्