रामेछापमा पहिलो पटक आइसीयू वेड स्थापना



४ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक आइसीयू वेड स्थापना गरिएको छ । जिल्लामा कोरोना संक्रमितको उपचार नै नपाई मृत्यु भएपछि पहिलो पटक आइसीयू वेड स्थापना गरिएको हो ।नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्लाको तामाकोसी अस्पताललाई प्रदान गरेको तीन वटा आइसीयू वेड केही दिनपछिबाट सञ्चालनमा ल्याउने तयारी अस्पताले थालेको छ ।

आज एक कार्यक्रमको बीच नेता तामाङले वेट हस्तान्तरण गर्दै कोरोनाबाट जिल्लावासीलाई बचाउन आफूले सहयोग गरेको बताए । उनले तीन वटा वेड, मनिटर र तीन वटा अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरेका हुन् ।

तामाङले भने,‘जिल्लाभित्र आइसीयू मात्र होइन जनशक्ति भएमा म भेन्टिलेर पनि सहयोग गर्न तयार छु ।’ तामाकोसी अस्पताल समुदायबाट सञ्चालन गरेको जिल्लाकै जेठो अस्पताल हो ।

तस्बीरः लेखबहादुर कार्कीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्