कोरोना संक्रमित भएर पनि रातदिन नागरिककै सेवामा कर्ण र थापा



५ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोनाबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारी पनि संक्रमित हुने क्रम बढेको छ । रामेछाप जिल्लामा कोरोनाको दोस्रो लहर निकै बढदै गएको छ । रामेछापको बजार क्षेत्रदेखि गाउँगाउँसम्म कोरोना संक्रमितको बिरामी बढदै गएका छन् । कोरोना संक्रमित नागरिकहरु अधिकाशं होम आइसोलेसनमा बसेका छन भने गम्भीर संक्रमितको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् ।

तर कोरोना संक्रमित भएर पनि स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण र जनस्वास्थ्य अधिकृत भुवन थापा रातदिन नागरिकको सेवामा खटिदै आएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि कर्ण र थापाले नै पिसिआर परीक्षण गराएका थिए । रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपनि दुवै जनाले आराम गर्न भने पाएका छैनन् ।

जिल्लाभित्र कोरोना संक्रमितको अवस्था, संक्रमितलाई थप उपचारको लागि समन्वय गर्ने काम स्वास्थ्य कार्यालयले गर्दै आएको छ । ‘बिहान उठेदेखि रातीसम्म नै बारम्बार नागरिकको फोन आइरहन्छ, अहिले संक्रमित भएर पनि आराम गर्ने अवस्था छैन, कोरोना विर्सिएर नागरिकलाई बचाउने कार्यमा खटिदै आएका छौ’, कर्णले भने । जिल्लाभित्र संक्रमितको संख्या बढेपछि स्वास्थ्य कार्यालयलाई झन बोझ थपिने गरेको छ ।

जिल्लाभित्रको संक्रमितको अवस्थाको तथ्याङक राख्ने र जानकारी दिने काम पनि स्वास्थ्य कार्यालयको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिृकत भुवन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । तर संक्रमित भएको भनेर सुख पाउने अवस्था छैन् । ‘जिल्लाभित्र कोरोना संक्रमितको दैनिक अपडेट दिननको लागि तारन्तार फोन आउछ’, थापाले रामेछाप न्युजसँग भने,‘आफ्नो पीडा भूलेर पनि कर्तव्य पूरा गर्न खटिदै आएको छु ।’

प्रतिक्रिया दिनुहोस्