एमाले रामेछाप–काठमाडौ सम्पर्क मञ्चद्धारा रामेछापको आठवटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
५ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले महामारीविरुद्ध जुध्नका लागि रामेछापको आठ वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सम्पर्क मञ्चले काठमाडौंमा संकलन गरेका सामाग्री सम्बन्धित पालिका कार्यालयमै पुगेर हस्तान्तरण गरेको हो । सम्पर्क मञ्चजका अध्यक्ष टेकबहादुर श्रेष्ठले आठवटै स्थानीय तहलाई दुई दुई हजार थान मेडिकल मास्क,१५ लिटरको दरले स्यानिटाइजर र पाँच पाँच थान पिपिई उपलब्ध गराइएको बताए ।
सम्पर्क मञ्चले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका प्रमुख एव उपप्रमुखलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । अध्यक्ष श्रेष्ठले स्थानीय सरकार अहिले कोरोना विरुद्ध लडिरहदा रहेको बेला आफूहरुले पनि सकेको सहयोग गरेको बताए ।