राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीको आह्वान



७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले वैकल्पिक सरकार बनाउन नसके राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेका छन् । जारी पत्रकार सम्मेलनमा ओलीले वैकल्पिक सरकार बनेको अवस्थामा आफूले स्वागत गर्ने बताएका हुन् । उपयुक्त विकल्प केही छन भने प्रस्तुत गर्नुहोस, हिम्मकतको साथ विकल्प दिनुहोस, त्यो पनि म मान्न तयार छु, प्रधानमन्त्री ओलीले भने । वैकल्पिक सरकार बने आफूको रचनात्मक सहयोग हुने बताउदै आफ्नो दलले किचकिच नगर्ने बताए । प्रधानमन्त्री ओलीले भने,‘वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ, कसले संसद विघटन गर्न खोज्यो ?’

 

प्रतिक्रिया दिनुहोस्