रामेछापमा बिरामी बोक्न नमान्ने एम्बुलेन्समाथि कारवाही हुन्छः डिएसपी ढुंगाना
८ जेठ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले कोरोना संक्रमित बिरामी बोक्न तोकिएका एम्बुलेन्सले बिरामी बाेक्न नमाने कारवाही गरिने चेतावनी दिएका छन् । उनले जिल्लाको आठ वटा स्थानीय तहमा १७ वटा एम्बुलेन्सलाई कोडिभ बिरामी बोक्ने बनाइएको बताउदै यदी बिरामी बोक्न आनाकानी गरे कारवाही गरिने बताएका हुन् ।
एम्बुलेन्स चालकहरुले अहिलेसम्म इमान्दार भएर कोभिडको बिरामी बोकिरहेको बताउदै यतिबेला कोरोना संक्रमितलाई समयमा नै अस्पताल पुर्याउने कार्यमा चालकहरुको पनि ठूलो भूमिका रहेको ढुंगानाले बताए ।
कोभिडका बिरामी बोक्ने सबै एम्बुलेन्स चालकहरुलाई यो विपदको समयमा जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उनले यदी तोकिएको एम्बुलेन्सले नमानेको अवस्थामा सिधै प्रहरी कार्यालयमा फोन गर्न उनले आग्रह गरे । रामेछापमा हाल ३१ वटा एम्बुलेन्स र २ वटा शव वहान सञ्चालनमा रहेको छ ।
यी हुन काेभिड बिरामी बाेक्ने एम्बुलेन्स