बादल हराउन भूमिका खेल्ने रामेछापका प्रदेशसभा सांसद पौडेलसहित १४ सांसदमाथि कारवाही शुरु



८ जेठ, काठमाडौं ।
नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाउने निर्णय गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शान्ति पौडेलसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

स्पष्टिकरण सोधिएका सांसदहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर,रचना खडका, कृष्ण प्रसाद शर्मा खनाल, शान्ति प्रसाद पौडेल, मनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाई,लक्ष्मण लम्साल, कुशुम कुमार कार्की र पार्वती सिलवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्