पार्टीले सोधेपछि स्पष्टीकरण दिन्छुः सांसद पौडेल



८ जेठ, रामेछाप ।
बागमती प्रदेशसभा सदस्य शान्ति पौडेलले पार्टीको संसदीय वोर्डले सोधेको स्पष्टिकरण दिने बताएका हुन् । उनले गोप्य मतदानमा पनि व्यक्तिले मत दिएन भनेर स्पष्टिकरण सोध्ने सायदै पहिलो घटना भएको बताउदै  तर पनि आफूले स्पष्टिकरण दिने बताएका हुन् । उनले रामेछाप न्युजसँग भने,‘मागेपछि स्पष्टीकरण त दिनु पर्यो, अचम्म चाही गोप्य मतदानमा नाम हुँदैन, हामीले मत दिएनौ भनेर किटान गर्नु आश्चार्जजनक विषय छ ।’

एमालेबाट रामेछाप प्रदेश सभा (क) बाट निर्वाचित सांसद पौडेलले पार्टीमा वेथिति र भद्रगोल बढदै गएको बताए । उनले आफूहरुलाई कारवाही गर्नकै लागि विधि पुर्याउने नियतको साथ स्पष्टीकरण सोधिएको दावी गरे । आज एमाले संसदीय वोर्ड बैठकले रामबहादुर थापा वादललाई राष्ट्रियसभाको निर्वाचनमा आफ्नै पार्टीका प्रतिनिधिहरुले पराजित गराएको भन्दै पार्टीका १४ सांसदमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्