रामेछापमा लकडाउनको अवधि बढयो, अब २  घण्टा मात्र  खाद्यन्न पसल खुल्ने (सूचनासहित)



८ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । गत वैशाख १६ गतेदेखि जिल्लाभित्र जारी लकडाउन यही जेठ १९ गतेसम्मको लागि लम्ब्याइएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूद्धारा सूचनामा जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदो क्रममा रहेकाले लकडाउनको अवधिलाई  यही जेठ १९ गते सम्म लम्ब्याउने निर्णय गरिएको छ । उनका अनुसार अहिले बिहानको ६ बजेदेखि ९ बजेसम्म खाद्यन्न पसल सञ्चालन हुँदै आएकोमा मन्थली बजार क्षेत्रमा संक्रमितको संख्या बढेकाले बिहान ६ देखि ८ बजेसम्मको लागि मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्