काेरोना संक्रमणबाट रामेछापका श्रेष्ठको निधन



९ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछापका थप एक जनाको निधन भएको छ । कोरोना संक्रमित दोरम्बा सैलुङ गाउँपालिका–५ सिम्टार निवासी खुन बहादुर श्रेष्ठ (काईला)को निधन भएको हो । केही दिनअघि कोरोना संक्रमित भएका श्रेष्ठको उपचारको क्रममा हिजो राती निधन भएको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कमान मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्