औषधी लिन जादा कोरोना संक्रमित भएका रामेछापका लामाको निधन



१० जेठ, काठमाडौं ।
कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–२ मझुवास्थित निगलपानी लामाटोल निवासी ६१ बर्षिय शेर बहादुर लामाको निधन भएको हो । दमको रोगी लामा बौद्धस्थित स्तुपा अस्पतालमा औषधी लिन जान क्रममा लामालाई कोरोना संक्रमण भएको परिवारले बताएको छ ।

लामाको आज काठमाडौंस्थित दिर्घायु अस्पतालमा उपचारको क्रममा निधन भएको युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि भएपछि दुई सातादेखि लामालाई आइसीयूमा राखेर उपचारत रहकै अवस्थामा आज निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्