मन्थलीमा थप एक कोरोना संक्रमितको निधन
१० जेठ, रामेछाप ।
रामेछापमा थप एक कोरोना संक्रमितको निधन भएको छ । आज प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचारको क्रममा मन्थली नगरपालिका–१ का ५७ बर्षिय रंगलाल तामाङको निधन भएको अस्पतालले बताएको छ ।
केही दिन अघि कोरोना संक्रमित भएका तामाङको सामुदायिक अस्पताल मन्थलीमा उपचार हुन नसकेपछि आज प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना गरिएको थियो ।
आज नै उपचारको क्रममा तामाङको निधन भएको स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ । यसअघि रामेछापमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको थियो ।