कोरोनालाई जित्ने आशामा छुः उपाध्यक्ष कार्की
१० जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले कोरोनालाई छिट्टै जितेर जनताको सेवामा फर्किने बताएकी छिन् । केही दिन अघि गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि हाल होम क्वारेन्टिनमा बसिरहेकी कार्कीले कारोनालाई छिट्टै जित्ने विश्वास गरेकी हुन् ।
उपाध्यक्ष कार्कीले आफ्नो फेसबुक पेजमा लेखेकी छिन–‘कोरोना पोजेटिभको रिपोर्ट आएपश्चात केही दिनदेखि होम क्वारेन्टाइन घरमै कसेको सबैमा जानकारी गराउदछु, स्वास्थ्य अवस्था ठिकै छ, छिट्टै कोरोनालाई जित्ने आशामा छु, बिरामीको कारण सेवामा पुगेको क्षतिप्रति क्षमाप्रार्थी छु ।’