कोरोना संक्रमितलाई खाँडादेवी गाउँपालिकाको आग्रहः समस्या परे फोन गर्नुहोस (नाम र नम्बरसहित)
११ जेठ, रामेछाप ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि हरेक टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको खाँडादेवी गाउँपालिले आफ्ना नागरिकहरुलाई केही समस्या परे तत्काल फोन गर्न आग्रह गरेको छ । गाउँपालिकाले संक्रमितलाई कुनै समस्या परेको अवस्थामा गाउँपालिका वा स्वास्थ्य कार्यालयमा तत्काल फोन गर्न आग्रह गरेको हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र रहेको कोभिड अस्पतालमा उपचार हुन नसकेको अवस्थामा जिल्ला अस्पताल वा राजधानी काठमाडौं लगायतको अस्पतालमा संक्रमितलाई पठाइने बताएको छ । खाँडादेवी गाउँपालिकामा हाल ४४ जना कोरोना संक्रमितहरु रहेका छन् । सबै संक्रमित होम आइसोलेनमै रहेको गाउँपालिकाले बताएको छ ।
कोरोना संक्रमितलाई गाउँपालिकाले अहिले निशुल्क रुपमा अस्पतालसम्म लैजाने व्यवस्था गरेको बताउदै तामाङले सीमा नाकामा कडाई गरेर गाउँपालिकाभित्र अनावश्यक रुपमा हिडडुल गर्न प्रतिबन्ध लगाइएको रामेछाप न्युजलाई बताए ।
गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सहज रुपमा सकेको सुविधा उपलब्ध गराउनको लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको बताएको छ । गाउँपालिकाले अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, प्रमुख प्रशासकीय विकास सुन्दास, स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश श्रेष्ठसहित गाउँपालिकाभित्र रहेका १३ वटा स्वास्थ्य कार्यालयका प्रमुखहरुको सम्पर्क नम्बर समेत गाउँपालिकावासीको लागि उपलब्ध गराएको छ ।