रामेछापमा टयाक्टर दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु



११ जेठ, रामेछाप ।
रामेछाप नगरपालिका–४ पाम्तीमा आज ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको निधन भएको छ । सिमेन्ट लिएर सिकली तर्फ जादै गरेको ना ६ त ८६३६ नम्बरको टयाक्टर दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवारी लिखु तामाकोसी गाउँपालिका–१ का लालसिंह सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले दुर्घटनामा थप दुई जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जानकार दिए । उनका अनुसार ट्याक्टर चालक रामेछाप नगरपालिका–४ का ४७ बर्षिय दल बहादुर मगलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्