अब रामेछापमा लकडाउन उल्लंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने
११ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउन उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्था अध्यादेश अनुसार लकडाउन उल्लंघन गर्नेमाथि जरिवानालाई कडाई गरिएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूद्धारा सार्वजनिक जानकारीमा संकट व्यवस्था अध्यादेश पालना नगरी उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना जरिवाना हुने उल्लेख गरिएको छ । जानकारीमा कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट जरिवाना हुने बताइएको छ । त्यसैगरी नयाँ अध्यादेश अनुसार मास्क नलगाई हिडनेलाई गरिएक एक सय जरिवानाबाट दुई सय रुपैयाँ पुर्याइएको छ ।